टीएमएस सर्भरमा समस्याले नेप्सेकाे काराेबार २ घन्टा नपुग्दै राेकियाे

काठमाडौँ । साताको सोमबार सेयर बजारकाे काराेबार २ घन्टा नपुग्दै राेकिएकाे छ । ब्राेकरकाे टीएमएस सर्भरमा समस्या देखिएपछि काराेबार राेकिएकाे नेप्सेले जनाएकाे छ । ११ बजेदेखि काराेबार सुरू भए पनि १२ बजेर ५३ मिनेटमै काराेबार राेकिएकाे हाे ।

बाँकी अवधिकाे काराेबारका लागि समय थप्ने वा नथप्ने नेप्सेले निर्णय गरेकाे छैन । प्राविधक समस्या समाधान भएपछि मात्रै समयबारे निर्णय लिने जनाइएकाे छ ।

१ घन्टा ५३ मिनेट काराेबार हुँदा बजार झिनो अंकले बढेको छ । सेयर बजार नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक ०.१५ अंकले बढेर १६६८.११ बिन्दुमा पुगेको हो । याे समयसम्ममा सेन्सेटिभ इन्डेक्स भने ०.०५ अंकले घटेको छ ।

कुल २२० कम्पनीका २३ लाख ४९ हजार १० कित्ता सेयर १ अर्ब ३४ करोड २२ लाख ३२ हजार ८ सय ३९ रुपैयाँमा कारोबार भयो । बैंकिङ, विकास बैंक, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त र अन्य समूहको समूहगत सूचक बढेका छन् । बाँकी ७ ओटा समूहका समूहगत सूचक घटेका छन् ।

राष्ट्र उत्थान लघुवित्त, इमर्जिङ नेपाल, कर्पोरेट डेभलपमेन्ट बैंक, स्वावलम्बन लघुवित्त, प्रभु इन्स्योरन्स जस्ता कम्पनीको सेयर मूल्य बढेका छन् ।

युनाइटेड मार्दी, साल्ट ट्रेडिङ, मैलुङ खोला जस्ता कम्पीको सेयर मूल्य घटेको छ ।

यस दिन १०० ओटा कम्पनीको सेयर मूल्य घट्दा ७७ ओटा कम्पनीको मूल्य बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *