तीन महिनाको स्टक उपलब्ध गराउन विभागले दियाे बिक्रेतालाई निर्देशन

काठमाडाैँ । फलामे छडको मूल्य अत्यधिक वृद्धि भएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले तीन महिनाको स्टक उपलब्ध गराउन बिक्रेताहरूलाई निर्देशन दिएको छ ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण बिभाग र जिल्ला प्रशासन कार्यालय काठमाडौँको टोलीले सोमबार काठमाडौँका फलामे छड बिक्रि गर्ने ठूला पसलहरूको संयुक्त रूपमा अनुगमन गर्दै पौष, माघ र फाल्गुन महिनाको स्टक मूल्यसहित तीन दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको हो ।

एक महिनामा नै छडको भाउमा अत्यधिक वृद्धि भएपछि बजार अनुगमन गरिएको विभागका निरिक्षण अधिकृत विजय भट्टराईले जानकारी दिए । त्यस्तै अनुगमनका क्रममा फलामे छडको मूल्य सूची अपग्रेड नगरेको भन्दै एक पसललाई ५० हजार जरिवाना गरिएको उनले बताए ।

उनले विभागले छिटै तेल लगाएत अन्य खाद्य वस्तुको मूल्यवृद्धिका विषयमा बजार अनुगमन गरिने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 10 =