स्पेनिस ला लिगा

ओसासुनालाई पराजित गर्दै बार्सिलोना तेस्रो स्थानमा

काठमाडौँ । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना पुन: तेस्रो स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले ओसासुनालाई ४-० ले पराजित गर्दै अंक तालिकामा निरन्तर सुधार गरिरहेको छ । त्यस्तै अर्को खेलमा दोस्रो स्थानको सेभिल्ला भने रायो भालाकानोसँग १-१ गोलको बराबरीमा रोकिँदै अंक बाँड्यो ।

बार्सिलोनाको सहज जितमा फेरेरन टोरेसले दुई गोल गर्दा पिएरे एमरिक औबमेयङ तथा रिकी पिग मार्टिले समान १-१ गोल गरे । सुरुवातबाटै दबाब बनाएको बार्सिलोनाले पेनाल्टीमार्फत १४ औँ मिनेटमा अग्रता लियो । टोरेसले पेनाल्टीमार्फत पहिलो गोल गर्दा २१ औँ मिनेटमानै ब्यक्तिगत तथा टीमका लागि दोस्रो गोल गरे । त्यस्तै औबुमेयाङले २७ औँ मिनेटमा टीमका लागि तेस्रो गोल गर्दै पहिलो हाफमानै बार्सिलोनालाई ३-० को अवस्थामा पुर्‍याएका थिए ।

औबमेयाङ बार्सिलोनामा आएयता ५ खेलबाट ६ गोल गरिसकेका छन् । उनी बार्सिलोनामा आबद्ध भएपछि छिटो पाँच गोल गर्ने दोस्रो खेलाडीमा रहेका छन् । उनी अघि २१ औँ शताब्दी शुरु भएयता स्यामुअल इटोले २००४ तथा जाल्टन इब्राहिमोभिचले २००९ मा छिटो पाँच गोलको कीर्तिमान तय गरेका थिए ।

जितसँगै बार्सिलोना ५१ अंकका साथ तेस्रो स्थानमा उक्लिएको छ । अझै उसले एक खेल कम खेलेको छ । शीर्ष स्थानको रियल म्याड्रिडको भने ६३ अंक रहेको छ । ओसासुना ११ औँ स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *