सेयर बजार १०१ अंकले बढ्यो, झन्डै ५ अर्बको कारोबार

काठमाडौं । साताको पहिलो नेपालको सेयर बजारमा भारी वृद्धि आएको छ ।

यस दिन नेपाल स्टक एस्चेञ्ज(नेप्से) परिसूचक १ सय १ अंकले बढेर २६६७ बिन्दुमा पुगेको छ ।
कारोबार रकम समेत यस दिन बढेको छ । यस दिन २ सय २८ कम्पीका ९० लाख २२ हजार ८ सय ९० किक्ता सेयर ४ अर्ब ८७ करोड ७ लाख १५ हजार रुपैयाँमा किनबेच भएको छ ।
समूहगत परिसूचकहरु समेत यस दिन हरिया देखिएका छन् । यस दिन जीवन बीमा समूहको समूहगत परीसूचक सबैभन्दा बढीले बढेको छ ।

बैंकहरुले चैत महिनाका लागि ब्याजदर नबघाउने घोषणा गरेपछि त्यसको सकारात्मक असर लगानीकर्तामा परेको र बजारमा कारोबार बढेको तथा समग्र परिसूचक बढेको देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *