गिरिजा प्रसाद कोइराला फाउण्डेशनले तेक्वान्दो प्रतियोगिता आयोजना गर्ने

काठमाडाैँ । गिरिजा प्रसाद कोइराला फाउण्डेशनले तेक्वान्दो प्रतियोगिता आयोजना गर्ने भएको छ ।

गिरिजा प्रसाद कोइरालाको १२औं स्मृति दिवसको अवसरमा ‘जिपी कोइराला प्रोफेसनल आइटिएफ तेक्वान्दो च्याम्पिियनसिप २०२२’ आयोजना गर्ने भएको हो ।

आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै फाउण्डेशनले चैत्र ५ र ६ गते दशरथ रंगशाला त्रिपुरेश्वर, काठमाडौंमा उक्त प्रतियोगिताको आयोजना गरिने जानकारी दिएको हो ।

प्रतियोगितामा ७ प्रदेश २ विभागिय टिमका (त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बल क्रमशः ३/३ जना महिला/पुरुष, महिला तौल समूह ४७–५५ केजी, पुरुष तौल समूह ५५–६३ केजी) खेलाडीहरुको सहभागिता रहने र विजेता खेलाडीले क्रमशः ५००, ३०० र २०० नगद अमेरिकी डलर पुरस्कारका साथै मेडल र प्रमाणपत्र वितरण गर्ने फाउण्डेशनका युवा तथा खेलकुद विभाग बागमती प्रदेश संयोजक तुलसी थापा मगरले जानकारी दिए ।

त्यस्तै फाउण्डेशनका खेलकुद विभाग सह–संयोजक धर्मराज गिरीले जिपि फाउण्डेशन ७७ वटा जिल्ला र र ७ प्रदेशमा रहेको भन्दै प्रत्येक प्रदेश र जिल्लामा संयोजक तोकिएको उनले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *