प्रधान न्यायाधीशविरुद्धको महाभियोग प्रस्ताव प्रतिनिधि सभामा पेश

काठमाडाैँ । प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव प्रतिनिधि सभा बैठकमा पेश भएको छ । महाभियोगका प्रस्तावक एवम् माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले बैठकमा पेश गरेकाे प्रस्तावमा अर्काे बैठकमा छलफल हुने सभामुख अग्निप्रसाद सापकाेटाले बताएका छन् ।

शक्ति पृथकीकरणको सिद्धान्तविपरीत गएकाले प्रधान न्यायाधीश जबराविरुद्ध महाभियोग ल्याउनुपरेको भन्दै गुरुङले महाभियोग प्रस्ताव दर्ता गर्नुको कारणबारे बैठकमा जानकारी गराएका छन् । गत फागुन १ मा प्रतिनिधि सभाका ९८ सांसदले प्रधान न्यायाधीश चाेलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेका थिए ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूले भने नाराबाजीलाई कायमै राखेका थिए । उनीहरूले गत साउन २३ यताका सबै बैठकमा नाराबाजी गर्दै आइरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 9 =