टीभीएस रेडर १२५ ले जित्यो ‘इण्डियन मोटरसाइकल अफ दि इयर’ अवार्ड

काठमाडौँ ।  टीभीएस रेडर १२५ ले भारतको प्रतिष्ठित अवार्ड ‘इण्डियन मोटरसाइकल अफ दि इयर’ (आईएमओटीवाई) उपाधि जितेको छ । मनोनयनमा परेका अन्य ५ मोटरसाइकललाई पछि पार्दै टीभीएस रेडर उपाधि हात सफल भएको हो ।

टीभीएस रेडर आकर्षक डिजाइन, अत्याधुनिक प्रविधि, माइलेज, उत्कृष्ट कार्य सम्पादन क्षमताका लागि परिचित छ । इण्डियन मोटरसाइकल अफ दि इयर (आईएमओटीवाई) उपाधिको छनोट तथा घोषणाका लागि फिनालेमा १४ सदस्यीय निर्णायक मण्डलको गठन गरिएको थियो ।

टीभीएस रेडर नेपालमा पनि उत्तिकै लोकप्रिय रहेको कम्पनकी दाबी छ । टीभीएसका लागि नेपालको बितरक जगदम्बा मोटर्सले सन् २०२१को नोवेम्बरमा सार्वजनिक गरेको यो मोटरसाइकल बाइक युवाहरु लोकप्रिय छ । टीभीएस रेडर १२५मा आकर्षक मस्कुलर लुक्सका साथमा एड्जस्टेवल मोनोशक सस्पेन्सन, यूएसबी चार्जिंग, अन्डर सिट स्टोरेज लगायत विशेषताहरु छन् ।

रेडरमा १ सय २४ दशमलव ८ सीसी क्षमताको सिंगल सिलिन्डर एयर आयल कुल्ड एसआई कार्बुरेटर इञ्जिन छ । जसले ७५०० आरपीएममा १२.९ पीएस शक्ति उत्पादन गर्ने र ६ हजार आरपीएममा ११.५ एनएम अधिकतम टर्क उत्पादन गर्ने क्षमता बोकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *