इंग्लिस प्रिमियर लिग

रोनाल्डोको ह्याट्रिकमा युनाइटेडको जित

काठमाडाैँ । पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेको खेलमा म्यानचेस्टर युनाईटेडले टोटेनह्यामलाई ३-२ ले पराजित गरेको छ । रोनाल्डोले १४ वर्षपछि युनाईटेडका लागि ह्याट्रिक गरे । उनले यसअघि युनाईटेडमा जनवरी २००८ मा ह्यट्रिक गरेका थिए ।

फ्रेडको पासमा रोनाल्डोले १२औँ मिनेटमा खेलमा अग्रता बनाएका थिए । ह्यारि केनले ३५औँ मिनेटमा पेनाल्टीमार्फत खेल बराबरीमा ल्याए । तर रोनाल्डोले ३८औँ मिनेटमा दोस्रो गोल गर्दै पहिलो हाफमा २-१ को अग्रता बनाएका थिए ।

दोस्रो हाफको ७२ औं मिनेटमा पाहुना टोली पुनः बराबरीमा आयो । रेगुइलोनको क्रसमा ह्यारि मगाएरको क्लिअर गर्ने प्रयास सिधै गोल भएको थियो । तर रोनाल्डोले ह्याट्रिक गर्ने क्रममा टेलेसको पासलाई ८१औँ मिनेटमा सदुपयोग गरेका थिए ।

जितसँगै युनाईटेड आर्सनललाई पछि पार्दै ५० अंकका साथ चौंथो स्थानमा उक्लिएको छ। टोटेनह्याम २७ खेलबाट ४५ अंक बनाएर ७ औ स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *