इंग्लिस प्रिमियर लिग

म्यानचेस्टर सिटीसँगको अंक दुरी घटाउँदै लिभरपुल

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले ब्राइटनलाई २-० ले पराजित गर्दै म्यानचेस्टर सिटीसँगको अग्रता ३ अंकमा सीमित गरेको छ । शनिबार भएको खेलमा लिभरपुलले ब्राइटनलाई सहज रूपमा पराजित गर्दै सिटीमाथि दबाब बढाएको हो ।

खेलमा लिभरपुलले १९औँ मिनेटमानै लुइस डियाजको गोलमार्फत खेलमा अग्रता बनाएको थियो । दोस्रो गोल भने स्टार मोहम्मद सलाहले ६१औँ मिनेटमा सम्भव बनाएका थिए । उनले पेनाल्टीमार्फत टीमका लागि दोस्रो गोल गरे ।

ब्राइटनले भने आफ्नो खराब प्रदर्शन जारी राख्यो । ब्राइटनले १२ फेब्रुअरीमा वार्टफोर्डलाई २-० ले पराजित गरेयताका लगातार पाँच खेलमा पराजित भएको छ । लिगमा जितपछि लिभरपुलको ६६ अंक भएको छ । शीर्ष स्थानको सिटीको ६९ अंक रहेको छ । पराजित ब्राइटेन ३३ अंकका साथमा १३औँ स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *