अंक सुधार गर्दै तेस्रो स्थानमा उक्लियो एट्लेटिको

काठमाडाैँ । स्पेनिस ला लिगामा एट्लेटिको म्याड्रिड तेस्रो स्थानमा उक्लिएको छ । शुक्रबार राति भएको खेलमा काडिजलाई २-१ ले पराजित गर्दै एट्लेटिको म्याड्रिडले बार्सिलोनालाई पछि पार्दै अंक तालिका सुधार गरेको हो ।

घरेलु मैदानमा जोआ फेलिक्सले तेस्रो मिनेटमानै गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ४५ औँ मिनेटमा काडिजका अल्भारो नेग्रेडोले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याउँदै म्याड्रिडमाथि दबाब बढाए ।

दोस्रो हाफको पनि खेल नियन्त्रणमा राखेको एट्लेटिकोले ६८ औँ मिनेटमा पुन अग्रता बनायो। रोड्रिगो डी पाउलले गोल गर्दै एट्लेटिकोलाई २-१ को अवस्थामा पुर्‍याए । जुन अग्रतालाई जोगाउन एट्लेटिको सफल रह्यो । खेलको निर्धारित समयको २ मिनेट बाँकी हुँदा जाभी सेरानोले रातो कार्ड पाएपछि एट्लेटिको १० खेलाडीमा समेटिएको थियो ।

जितसँगै एट्लेटिकोले २८ खेलमा ५१ अंक जोडेको छ । शीर्ष स्थानको रियलको ६३ अंक छ । त्यस्तै दोस्रो स्थानको सेभिल्लाको ५५ अंक रहँदा चौथो स्थानको बार्सिलोनाको ५८ अंक रहेको छ । एट्लेटिकोसँग पराजित भएको काडिजको २४ अंकका साथमा १८ औँ स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *