‘साताका सात’ तस्बिर

वसन्तको आगमन
वसन्त पञ्चमीसँगै वसन्त ऋतुको आगमन हुने मानिन्छ । वसन्त ऋतु सुरु भएसँगै बागहरूमा थरिथरिका फूलहरू फुल्न थाल्दछन् ।

कवाड सरकारी सम्पत्ति
प्रायजसो सरकारी सवारीसाधनहरू अलिकति बिग्रँदा पनि नबनाउने परिपाटी बढी छ । यस्तै बिग्रेका सवारीसाधनहरूले सिंहदरबारका कतिपय कुनाहरू अहिले कवाडीखानामा परिणत हुँदै गइरहेका छन् ।

तोरी फुल्यो
अहिले तोरी फुल्ने सिजन शुरु भएको छ । फूलेका तोरी बारीले हेर्दा मनमोहक र आनन्द दिने मात्र हैन, विभिन्न कीराहरूलाई आकर्षित पनि गर्दछन् ।

खेल कला
मार्सल आर्ट अन्तर्गतको उस्सु खेलमा आफ्नो कला देखाउँदै एक खेलाडी

अर्ध चन्द्र
परेवादेखि औँसी र पूर्णिमा सम्म चन्द्रमा विभिन्न आकारमा देखिन्छ । सप्तमी तिथिमा क्यामेराले कैद गर्दा देखिएको अर्ध चन्द्र ।

शान्तिको कामना
रुस-युक्रेन युद्ध जारी छ । युद्धमा परेर लाखौँको सङ्ख्यामा युक्रेनीहरु शरणार्थी बनिसकेका छन् । युद्धमा मृत्यु हुनेहरूको आत्माको चिर शान्तिको कामनासहित दीप प्रज्वलन गर्दै विद्यार्थी ।

सन्तानको स्याहार
आफ्ना सन्तानलाई छातीमा बोकेर आहारको खोजीमा बाँदर ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *