नेपालमै पहिलो पटक रग्बीकी गिरीलाई अन्तर्राष्ट्रिय छात्रवृत्ति

 काठमाडौँ। नेपालले पहिलो पटक रग्बी खेलमा अन्तर्राष्ट्रिय छात्रवृत्ति प्राप्त गरेको छ । हरेक वर्ष महिला दिवसको दिन विश्व रग्बीले प्रदान गर्दै आएको उक्त छात्रवृत्ति यस वर्ष नेपाल महिला रग्बी एसोसिएसनकी मिडिया म्यानेजर तथा महिला रग्बी विकास समितिकी उपाध्यक्ष कामना गिरीले पाएकी हुन् ।

यो अवार्ड  विश्वभरिका रग्बीमा जोडिएका उत्कृष्ट १२ महिलालाई उनीहरूको भिजन र योगदानको आधारमा प्रदान गरिन्छ । छात्रवृत्ति प्राप्त गरेपछि गिरीले आफू सशक्त ढङ्गले रग्बीको विकासमा लाग्ने बताइन् । रग्बी खेललाई जनस्तरमा पुर्‍याउन तथा खेलाडीहरूको क्षमता विकास गर्ने उद्देश्यअनुरूप नियमित प्रतियोगिताको आयोजना हुनुपर्ने गिरीको भनाई छ ।

नेपालको खेल क्षेत्रमा महिलाहरूको सहभागिता न्यून रहेको बेला रग्बीबाट कामनाले पाएको छात्रवृत्तिले अन्तर्राष्ट्रिय जगतमा नेपाललाई रग्बीमार्फत चिनाउने अपेक्षा गरिएको छ । यस वर्ष  एसियाबाट नेपाल र चीनले मात्र  उक्त छात्रवृत्ति पाएका छन् ।

रग्बी खेल आफैमा एक विश्व प्रसिद्ध खेल हो। यो खेल अन्तर्राष्ट्रिय जगतमा निकै नै लोकप्रिय छ। नेपालमा पनि यस खेलको लोकप्रियता बढ्दै गएको देखिन्छ । यस खेलप्रति देखिएको महिलाहरूको उत्साह आफैमा गौरवपूर्ण इतिहास मान्न सकिन्छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *