राजेश हमालले भने- ‘एकचोटी काठमाडौँको मेयर बन्दिनुपर्छ कि क्या हो ?’
२०७८ फागुन २६ गते

काठमाडौँ । नायक राजेश हमालले काठमाडाैँ महानगरपालिकाको मेयर बन्ने इच्छा व्यक्त गरेका छन् । राजेश हमाल अफिसियल नामक युट्युब च्यानलमा पोस्ट गरिएको एउटा भिडियो क्लिप्समा उनले काठमाडौँको विकास हुन नसकेको भन्दै मेयर बन्ने इच्छा व्यक्त गरेका हुन् ।
बुधबार सार्वजनिक गरिएको ‘अ डे विद राजेश हमाल’ नाम दिइएको भ्लगको ट्रेलरमा हमालले काठमाडौँको सौन्दर्यीकरण हुन नसकेको र यसमा नेताहरुको ढङ्ग नपुगेको टिप्पणी गरेका हुन् ।
‘शहरलाई ब्युटिफाई गर्ने कुरामा कसैको ध्यान गएन । भाषणमा चाहिँ भनिरहेका हुन्छन् । प्राक्टिकल्ली सोच नपुगेर हो कि ढंग नपुगेर हो कि ?’ उनले थपेका छन्– ‘एकचोटि काठमाडौँ शहरको मेयर बन्नु पो पर्छ कि क्या हो ?’
भिडिओः
२०७८ फागुन २६ गते
प्रतिक्रिया
सम्बन्धित








