तेक्वान्दो प्रतियोगिताका लागि इरान जान लागेकाे टोलीकाे बिदाई

काठमाडाैँ । चौथो प्रेसिडेन्ट कप एसियाली क्षेत्रीय पारा तेक्वान्दो प्रतियोगितामा सहभागी हुन इरान जान लागेका नेपाली टोलीलाई बिदाई गरिएको छ ।

बिहीबार नेपाल तेक्वान्दो संघले इरानको तेहरानमा हुन लागेको प्रेसिडेन्ट कपमा सहभागी हुने पारा तेक्वान्दो खेलाडी सृजना घिसिङ र प्रशिक्षक कविराज नेगी लामालाई बिदाई गरेको हो ।

बिदाई कार्यक्रममा संघका उपाध्यक्ष नन्द कुमार राईले नेपाली खेलाडीले प्रतियोगितामा उत्कृष्ट नतिजा ल्याउने विश्वास व्यक्त गरे । उनले कोरोनाकाबीच खेलाडीहरूलाई सही ट्रेनिङ दिएको भन्दै यसअघिको भन्दा नजिता राम्रो हुने धारणा राखे ।

त्यस्तै प्रशिक्षक लामाले आसन्न एसियाली पारा खेलकुदको तयारीका लागि प्रेसिडेन्ट कप महत्वपूर्ण हुने बताए । प्रतियोगिता अन्तर्गत तेक्वान्दो खेलाडी सृजनाले फाल्गुन ३० गते आफ्नो खेल खेल्नुहुने संघले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *