एकीकृत समाजवादीबाट मन्त्री बनेकाहरूकाे कार्यशैलीमाथि पार्टीभित्रै उठ्याे प्रश्न

काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी) केन्द्रीय कमिटीको बैठकमा पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूको कार्यशैलीमाथि प्रश्न उठेको छ ।

बिहीबार काठमाडाैँमा जारी समाजवादीको बैठकमा समूहगत छलफलको निष्कर्ष राख्ने क्रममा पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूको कार्यशैली र आचरणमा प्रश्न उठेको हो ।

पार्टीको निर्देशन र आचारसंहिता विपरीत मन्त्रीहरूले काम गर्ने गरेको र पार्टीसंगको तालमेल मिल्न नसकेको लगाएतका प्रश्न उठेको समाजवादीका नेता गंगालाल तुलाधरले जानकारी दिनुभयो ।

उहाले अव पार्टीभित्र एमसीसीको विवाद सकिएको र सम्मानीत नेता झलनाथ खनालले पनि अन्य सन्दर्भमा छलफल गर्न उपयुक्त हुने बताउनुभएको जानकारी दिनुभयो । त्यस्तै स्थानीय निर्वाचनका लागि र प्रतिगामी तत्वहरूलाई प्ररास्त गर्नका लागि पनि गठबन्धनलाई कायमै राखनुपर्ने सुझाव आएको तुलाधरले बताए ।

यसअघि पार्टी अध्यक्ष माधवकुमार नेपालले बुधबार प्रस्तुत गरेको राजनीतिक प्रस्तावमाथि नौवटा समूह बनाएर केन्द्रीय सदस्यहरूले छलफल गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *