आयल निगमको कार्यकारी निर्देशकमा तीन जनाको नाम सिफारिस

काठमाडौँ । काठमाडौँ । नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ३ जनाको नाम सिफारिस गरिएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्राललयले गठन गरेको कार्यकारी निर्देशक छनोट समितिले इन्जिनियर उमेरप्रसाद थानी, चण्डिकाप्रसाद भट्ट र जीवनप्रकाश सिटौलाको नाम मन्त्रालयलाई सिफारिस गरेको हो ।
आफ्नो ३ वर्षे कार्यकाल पूरा गरी २२ पुसमा निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेल बिदा भएपछि २ महिनादेखि निगम कार्यकारी निर्देशकविहीन बनेको छ ।
पौडेल बिदा भएपछि निगमले पदपूर्तिका लागि सूचना जारी गरेको थियो । उक्त सूचना अनुसार निकगमको कार्यकारी निर्देशक बन्न १८ जनाले आवैदन हालेका थिए ।
छनोटमा परेका थानी यसअघि नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समिति सदस्य अर्थात् सञ्चालक भइसकेका छन् । उनी नेपाली कांग्रेस निकट इन्जिनियरहरुको संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल(सिडेनका अध्यक्ष हुन् ।
त्यस्तै, चण्डिकाप्रसाद भट्ट विशेष आर्थिक क्षेत्र(सेज) प्राधिकरणका कार्यकारी निर्देशक हुन् । कांग्रेस निकट इन्जिनियर हुन् ।









