भारतीय विधान सभा निर्वाचनको मतगणना शुरू
२०७८ फागुन २६ गते

काठमाडौँ। भारतका ५ राज्यमा सम्पन्न विधान सभा निर्वाचनको मत गणना आज (बिहीबार)देखि शुरू भएको छ । बिहान पौने ८ बजेदेखि मतगणना शुरू भएको हाे । मतगणना शुरू भएसँगै मत परिणाम समेत सार्वजनिक हुने क्रम बढिरहेको छ ।
इबीएम अर्थात् विद्युतीय भोटिङ मेसिनबाट मतदान गरिएकाले मत परिणाम छिटो आउने आँकलन गरिएको छ । मतगणनाका क्रममा राजनीतिक दलका प्रतिनिधि र निर्वाचन अधिकारीहरू सामेल हुनेछन् ।
याे पनि : पन्जाबमा आम आदमी पार्टीको सरकार बन्ने सम्भावना उच्च
यस निर्वाचनलाई अर्थपूर्ण रूपमा हेरिएको छ । यसले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथदेखि पूर्वमूख्यमन्त्री अखिलेश यादवको समेत राजनीतिक भविष्य तय गर्ने ठानिएको छ ।
२०७८ फागुन २६ गते
प्रतिक्रिया
सम्बन्धित








