युइएफए च्याम्पियन्स लिग

बराबरीका बाबजुद म्यानचेस्टर सिटी क्वाटरफाइनलमा

काठमाडाैँ । युरोपियन च्याम्पियन्स लिग फुटबलमा म्यानचेस्टर सिटी क्वाटरफाइनल प्रवेश गरेको छ । अन्तिम १६ को दोस्रो लेगमा इंग्लिस क्लब म्यानचेस्टर सिटी पोर्चुगिज क्लब स्पोर्टिङ लिसबोनसँग गोलरहित बराबरी खेलेपनि समग्रमा ५-० को जित निकाल्दै क्वाटरफाइनल प्रवेश गरेको हो ।

सिटीलाई अन्तिम ८ मा पुर्‍याउन पहिलो लेगको‌ ५-० को जितनै पर्याप्त बन्यो । इतिहाद स्टेडियममा सिटीले पाहुना टोलीलाई लगातार दबाबमा राखेपनि गोल भने गर्न सकेन । २४औँ मिनेटमा फिल फोडेनको प्रयासलाई स्पोर्टिङका गोलरक्षक एडानले विफल पारे । त्यस्तै ३९औँ मिनेटमा रहिम स्टर्लिङले गरेको प्रहरालाई गोलरक्षक एडानलेनै जोगाएका थिए ।

४७औँ मिनेटमा गाब्रियल जेससले गोल गरेपनि भिएआरले मान्यता नपाउँदा सिटी घरेलु मैदानको सम्भावित अग्रताबाट चुकेकोथ थियो । त्यसो त लिसबनले पनि सिटीको तुलनामा केही आक्रमण गरेपनि गोल गर्न सकेनन् । क्वाटरफाइनलको ड्र आगामी १८ मार्चमा सार्वजनिक गरिने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *