पेट्रोलियम सहज उपलब्ध गराउन सरकारलाई निर्देशन

काठमाडाैँ । प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले सरल र सुलभ तरिकाले पेट्रोलियम पदार्थ उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा बुधबार बसेको समिति बैठकले पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण गर्नेतर्फ ध्यान दिदै सरल र सुलभ तरिकाले पेट्रोलियम पदार्थ उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको हो । आयल निगम धरासायी स्थितिमा पुगेको हुनाले सम्बन्धित निकायले आयल निगमको जायज मागहरूको सम्बोधन गर्नुपर्नेमा जोड दिएको छ ।

समिति सभापति विमलप्रसाद श्रीवास्तवले उपभोक्तालाई मार नपर्ने गरी सर्वसुलभ तरिकाले पेट्रोलियम पदार्थ उपलब्ध गराएर मूल्य वृद्धि नियन्त्रण गर्नेतर्फ योजना बनाउन निर्देशन दिइएको बताए ।

बैठकमा निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेकाले नेपालमा यसको असर परेको बताए । उनले १५–१५ दिनमा नयाँ मूल्य प्राप्त हुने र यसले गर्दा निगम थप भारमा परेकाले समयमा नै भारतलाई बक्यौता बुझाउन पनि समस्या देखिएको धारणा राखे ।

समिति सदस्यहरूले अनावश्यक करका कारण पेट्रोलियम पदार्थ चर्को मूल्य तिर्न उपभोक्ताहरू बाध्य भएकाले यसमा सोच्नुपर्ने बेला आएको धारणा राखेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 20 =