फेसबुकमा स्टाटस लेख्दा युएईमा जेल परेका पाण्डेको रिहाइका लागि दबाब बढाइँदै

काठमाडौ । युएईस्थित नेपाली दूतावास र राजदुतको फेसबुकमा आलोचना गरेका कारण ३ महिना जेल सजाय सुनाइएका पत्रकार उमाकान्त पाण्डेको रिहाइका लागि दबाब बढेको छ छ । उनलाई गत मंगलबार युएईको अदालतले उनलाई ३ महिनाको जेल सजाय र झण्डै ८ लाख नेपाली रुपैयाँ (२० हजार दिराम) जरिवाना गर्ने फैसला गरेको हो ।

त्यसअघि पत्रकार पाण्डे पक्राउ परेलगत्तै नेपाल पत्रकार महासंघले रिहाइको लागि अपिल गरेको थियो । महासंघकै पहलमा परराष्ट्र मन्त्री डा. नारायण खड्का सरकारी स्तरबाट पनि पाण्डेको रिहाइका लागि पहल गरेका थिए ।

फेसबुकमा आलोचना गरेको  भन्दै पत्रकारलाई यस्तो सजाय भएपछि थप सशक्त दबाब बढाएको पत्रकार महासंघले जनाएकाे छ । महासंघले पत्रकार पाण्डे हिरासतमा परेदेखि परराष्ट्र मन्त्रालय, युएईस्थित नेपाली दूतावास लगायतसँग निरन्तर रिहाइका लागि अपिल गर्दै आएको महासचिव रोशन पुरीले मकालुखबरलाई जानकारी दिए । महासंघले थप सक्रियतापूर्वक पहल गरिरहेको महासचिव पुरीको भनाई छ । उनले भने, ‘हामीले उहाँ हिरासतमा परेदेखि नै रिहाइका लागि परराष्ट्र मन्त्रालयदेखि दूतवासम्मलाई अपिल गरिरहेका छौँ । तर उहाँ छुट्न सक्नुभएन । हामी चुप बसेका छैनौँ । यस विषयमा महासंघले गम्भीरतापूर्वक पहल गरिरहेको छ ।’

महासचिव पुरीका अनुसार आजै सञ्चारमन्त्री तथा कार्यवाहक परराष्ट्र मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँग यस विषयमा महासंघले थप छलफल गर्दैछ । पत्रकारहरूको अन्तर्राष्ट्रिय संस्था आइएफजेमार्फत् पनि पत्रकार पाण्डेको सजाय मिनाहाका लागि पहल गरिदिन महासंघले आग्रह गरिरहेको महासचिव पुरी बताउँछन् । महासंघले आइएफजेलाई यस विषयमा गर्न सक्ने कानुनीदेखि अन्य सबै सहयोगको अपिल गरेको छ ।

परराष्ट्र मन्त्रालयको आग्रहमा पाण्डेमाथिका सबै सजाय फुकुवा गर्न सक्ने व्यवस्था छ । जसका लागि मन्त्रालयले नेपालको कानुन अनुसार पाण्डेको स्ट्याटस अभिव्यक्ति स्वतन्त्रताको हक अन्तर्गत जायज रहेको भन्ने विषय उल्लेख गर्दै पत्रकार पाण्डेको सजाय मिनाहाका लागि अपिल गरेपछि उनी जेलमुक्त हुन सक्नेछन् । यद्यपि दूतावासको अटेरीपनका कारण पत्रकार पाण्डे जेल मै रहन बाध्य भएको परिवारले आरोप छ ।

गत जनवरीमा नेपालमै हुँदा पत्रकार पाण्डेले युएईस्थित नेपाली दूतावासका क्रियाकलापबारे फेसबुकमा स्टाटस लेखेका थिए। उक्त स्ट्याटसका कारण रुष्ट दूतावासका कर्मचारीले दुबई प्रहरीमा जाहेरी दिएका थिए । सो जाहेरीका आधारमा पाण्डेलाई गत फागुन ३ गते प्रहरीले पक्राउ गरेको थियो। लगत्तै उनलाई अबुधावीस्थित अल वाथ्बा जेलमा राखिएको थियो।

सामाजिक सञ्जालमा स्टाटस लेखेकै विषयलाई कसुर ठहर्याएर दुबई अदालतले यस्तो फैसला गरेको हो । अहिले उनको उक्त स्टाटस हटाइएको छ ।

त्यस्तै, पत्रकारहरूको हकहितका लागि लडिरहेको रिपोर्टस् स्यान्स फ्रन्टलाइनर्सले पनि पत्रकार पाण्डेकाे रिहाइको माग गरेको छ । फ्रन्टलाइनर्सले मंगलवार ट्विट गर्दै उनको रिहाइ हुनुपर्ने बताएको हो ।

प्रतिक्रिया

One thought on “फेसबुकमा स्टाटस लेख्दा युएईमा जेल परेका पाण्डेको रिहाइका लागि दबाब बढाइँदै

  1. Do not get confused. No body is in his side. Those who are, are not doing anything except praying. Bitter but true.

    Coming to logic, if ministers and higher rank authorities did their best for him, and might be due to UAE govt and court, they are helpless, .. Just fired those embassy staffs who complained and filed the case. Let that fine of 8 lakhs be compensated by those property. This is in their hands. Can they? If not, just do not show sympathy.

Leave a Reply

Your email address will not be published. Required fields are marked *