विद्युत नियमन आयोगको अध्यक्ष र सदस्य पदमा दरखास्त आह्वान

काठमाडौँ । विद्युत् नियमन आयोगमा रिक्त अध्यक्ष तथा ३ जना सदस्यको पदपूर्ति गर्न दरखास्त आह्वान भएको छ ।

ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयअन्तर्गत विद्युत् नियमन आयोगको अध्यक्ष र सदस्य नियुक्तीको सिफारिस समितिले सूचना जारी गर्दै दरखास्त माग गरेको हो ।

समितिले २३ फागुनमा सूचना जारी गरी योग्य उम्मेद्वारले १५ दिनभित्र आवश्यक काजजात तथा विवरणसहित आवेदन दिन आह्वान गरेको छ ।

आवेदनका लागि समितिले जारी गरेको सूचना

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =