नेप्से ३० अंकले घट्यो, साढे २ अर्ब पनि पुगेन कारोबार रकम

काठमाडौँ । सेयर बजारमा बुधबार दोहोरो अंकको गिरावट आएको छ । यस दिन सेयर बजार परिसूचक(नेप्से) ३०.२९ अंकले घटेर २५१४.६५ बिन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स समेत यस दिन ५.४६ अंकले घटेर ४८७.०७ बिन्दुमा ओर्लिएको छ ।

यस दिन कुल २२९ कम्पनीका ४९ लाख ५९ हजार ९ सय १९ कित्ता सेयर २ अर्ब ३५ करोड २३ लाख १७ हजार १ सय ४२ रुपैयाँमा किनबेच भएको छ ।

यसदिन सबैभन्दा बढी माउन्टेन इनर्जी नेपाल लिमिटेडको सेयर मूल्य८.१० प्रतिशतले बढेको छ। त्यस्तै, हालै कारोबारमा आएको इमर्जीङ नेपाल लिमिटेडको सेयर मूल्इ ३.९९ प्रतिशतले बढेर प्रतिकित्ता ३१० रुपैयाँ ५० पैसा पुगेको छ ।

आइसीएफसी फाइनान्स, प्रभु इन्स्योरेन्स जस्ता कम्पनीको पनि मूल्य बढेको छ ।

यस दिनको बजारमा बिशाल बजार कम्पनी, सामुदायिक लघुवित्त वित्तीय संस्था जस्ता कम्पनीको सेयर मूल्य घटेको छ ।

बजारमा कारोबारमा आएका १७१ कम्पनीको मूल्य घट्दा जम्मा १९ कम्पनीको मूल्य बढेको छ ।

यसदिन सबै समूहगत परिसूचक राताम्य देखिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *