‘डोक्सुमो’ले उठायो ४३ करोड पुँजी, नेपाल र भारतमा सयौँलाई रोजगारी दिने

काठमाडौँ । डकुमेन्ट एआई स्टार्टअप (डोक्सुमो)ले ३.५ मिलियन डलर अर्थात् ४३ करोड नेपाली रुपैयाँ बिऊ पुँजीका रुपमा उठाएको छ ।

डाटा वैज्ञानिकबाट उद्यमी बनेका बिक्रम दाहाल र भारतीय नागरिक रुषभ सेठले सन् २०१९ मा स्थापना गरेको डोक्सुमोले व्यवसायहरुलाई वित्तीय कागपत्रहरु स्वचालित रुपमा पढ्न र त्यसका आधारमा निर्णय गर्न सहयोग गर्ने क्षेत्रमा काम गरिरहेको छ ।

फिप्थ वार, अरबोर रियालिटी ट्रष्ट र वर्तमान लगानीकर्ता बेटर क्यापिटलको सहभागितामा कमन ओसनले नेतृत्व गरिएको कम्पनीले नेपाल र भारतमा कार्यरत जनशक्ति बिस्तार र उत्तरी अमेरिकामा बिस्तारमा उक्त रकम खर्चे गर्ने योजना छ ।

दाहाल यसअघि डेटा इन्ट्री क्लर्क थिए । उनले प्रत्यक्ष रुपमा म्यानुअल इन्ट्री गर्न गाह्रो र दिक्क लाग्ने अनुभवपछि नयाँ कम्पनी शुरु गरेको थिए ।

‘हाल एशियाली देशहरु अधिकांशमा यसका लागि कागजात मिलाउने प्रक्रियाका लागि आउटसोर्सिङ गर्ने चलन छ,’ कम्पनीले भनेको छ ।

कम्पनीका सह–संस्थापक दाहालले भने, ‘शुरुदेखि नै हामीलाई नेपालमा ग्लोबल सास सफ्टवेयर बनाउन सकिन्छ भन्ने विश्वास थियो, अहिले हामीसँग काठमाडौंमा २५ डाटा साइन्टिस्ट र इन्जिनियरहरु काम गरिरहेका छन्, यो वर्षको अन्त्यसम्ममा यो संख्या १०० पुर्याउने योजना छ ।’

पछिल्लो १२ महिनामा कम्पनीले भारतको मुम्बई र काठमाडौंमा टीम बिस्तार गर्दै आय ६ गुणाले बढाएको कम्पनीको भनाइ छ । हाल अमेरिका, युरोप तथा एशियाका देशहरुमा यसले सेवा उपलब्ध गराउँदै आएको छ ।

कम्पनी सन् २०२० मा टेक स्टार्स लण्डन एक्सेलेटरको हिस्सा थियो । र, कम्पनीले बार्केले, सेक्युओइआ, जुपिटर, मनीका जितेन गुप्ता र पाइन ल्याब्सका अमरिश राउबाट प्रि–सिड मनी प्राप्त गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *