सुन हालसम्मकै महँगो, तोलाको १ लाख ५ हजार ५ सय

काठमाडौँ । नेपाली बजारमा बुधबार सुन हालसम्मकै महँगो भएको छ । यस दिन छापावाल सुनको मूल्य प्रतितोला २ हजार ५ सय रुपैयाँले बढेको छ ।

यस दिन छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुनको मूल्य बुधबार प्रतितोला १ लाख ५ हजार रुपैयाँ रहेको छ ।

यसअघि सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँ पुगेको थियो ।

रुस र युक्रेनबीच चलेको युद्धका कारणलगायतका कारण डलर र सुनको मूल्य दुबै बढेको छ । नेपालमा डलरमै सुन किन्ने हुनाले यसको मूल्य झन् बढेको छ ।

बुधबार चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले बढेर १ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =