बच्चाको मोटोपन घटाउन आमाबुबाको भूमिका के ?

काठमाडौँ । तीन वर्षसम्म बुबाआमाहरूसँग धेरै घुलमिल गरेका बच्चाहरूको बीएमआई अर्थात् उचाइ अनुसारको मोटाइको अनुपात कम भएको पाइएको छ ।

बेलायतका बालबालिकासम्बन्धी स्वास्थ्यविद्ले उनीहरूलाई खानेकुराबारे बेलैमा सिकाउन सकेमा बालबालिकालाई दीर्घकालीन फाइदा मिल्ने पाइएको सो अध्ययनमा उल्लेख छ । उदाहरणको लागि खाने र सुत्ने बानीहरू बालबालिकामा छिट्टै विकास हुन्छन् ।

बच्चाहरूलाई खानेकुरा भोको हुँदामात्रै नदिएर उनीहरूलाई फकाउनका लागि दिने गर्नु हुँदैन । त्यसो गरेमा उनीहरू ठूलो भएपछि आफ्नो तनाव कम गर्नका लागि पनि खानामै जोड दिन्छन् जसले मोटोपना निम्त्याउँछ ।

के’मा ध्यान दिने ?
अमेरिकन मेडिकल एशोसियसनको जर्नलमा प्रकाशित एउटा अध्ययनमा नर्सहरूले पहिलोपटक बच्चा जन्माएका २ सय ७९ आमाहरूलाई घरमै बच्चा जन्मिएको भए ६ महिनासम्म र क्लिनिकमा भए १ देखि दुई वर्षसम्म कसरी बच्चाहरूको खानाको आवश्यकता पूरा गर्ने भनी सुझाएका थिए ।

नर्सहरूको उक्त टोलीले आमाहरूलाई प्राथमिकता दिएको थियो किनभने शिशुको स्याहारसुसारमा सुरुका महिना र वर्षहरूमा बुवाको भन्दा आमाको बढी भूमिका हुन्छ । त्यसरी दिइएको सुझावहरूमा, सुत्ने तालिका, भोकाएका बच्चालाई शान्त पार्न वैकल्पिक खानेकुराहरू, बालबालिका भोकाएको कसरी थाहा पाउने, उनीहरूको शारीरिक क्रियाकलापमा के कस्तो ध्यान दिनेलगायत थिए ।

ती बच्चाहरूलाई त्यसपछि तीन वर्षको उमेरमा जाँच गरिएको थियो । बच्चासँग कसरी व्यवहार गर्ने भनेर उपायहरू सिकाइएका आमाका बच्चाहरूको उचाइ र वजनको अनुपात कम देखियो । यस्तो गर्दा बालकहरू भन्दा बालिकाहरू बढी प्रभावित भएको पाइयो । अनुसन्धानकर्ताहरूले ९ वर्षको उमेरसम्म उनीहरूमाथिको अनुगमन जारी राख्छन् ।

बानी बसाल्न आवश्यक
यो अध्ययनको नेतृत्व गरेका पेन स्टेट विश्वविद्यालयका इयान पलले हुर्कँदो उमेरका साना बालबालिकाहरूको मोटोपनाको दर यसरी बढिरहेको बेला शिशु अवस्थामै उनीहरूलाई स्वस्थ बानी बसाल्न निकै महत्त्वपूर्ण हुन्छ । ‘सानै उमेरमा मोटोपना भएका बालबालिकाहरूमा उमेर बढ्दैजाँदा पनि मोटोपना रहिरहने खतरा बढी हुन्छ ।’

तर मोटोपनाको यो चक्रमा रोक लगाउन जिन्दगीभर प्रयासहरू गर्नुपर्छ । ‘बढी तौल भएका भएका बालबालिकाहरू अभिभावक भइसक्दा पनि बढी तौलकै हुन्छन् र उनीहरूबाट जन्मिएका बालबालिका पनि बढी तौलकै हुन्छन् … यो चक्रमा तपाईँ कहाँ फेरबदल गर्नुहुन्छ ?’

‘हाम्रो अहिलेको अवस्थामा जीवनभरको प्रयास गर्न आवश्यक छ ।’ ब्रिटेनमा पनि तथ्याङ्कहरूले समान खालको समस्याहरू देखाउँछ । प्राथमिक विद्यालय सुरु गर्नु अगावै त्यहाँ झण्डै एक चौथाइ बालबालिकाहरूमा मोटोपना वा बढी तौल देखिन्छ भने उनीहरू ११ वर्ष पुग्दा त त्यो सङ्ख्या झण्डै १ तिहाइ पुगिसकेको हुन्छ । रोयल कलेज अफ पेडियाट्रिक्स एण्ड चाइल्ड हेल्थकी अध्यक्ष प्राध्यापक निना मोदीले शिशु अवस्थादेखि तीन वर्षसम्म गरिने व्यवहारले सानो तर स्थायी असर पुर्‍याउने बताएकी छन् । -बीबीसी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *