डिशहोमले ‘रगतका कथाहरु’ शीर्षक सिरिज बनाउने

काठमाडौँ । आफ्ना ग्राहकलाई आफ्नै एक्स्लुसिभ च्यानलमार्फत नयाँ नयाँ मनोरन्जनात्मक कार्यक्रम निर्माण तथा प्रशारण गर्दै आएको डिशहोमले “रगतका कथाहरु’’ शीर्षकमा नयाँ सिरिज निर्माण गर्ने भएको छ ।
यो सिरिजको पहिलो सिजनमा १३ श्रृंखलाहरु हुनेछन् र प्रत्येक श्रृंखलामा फरक फरक कथाबस्तु समेटिने छन् ।

डिश मिडिया नेटवर्क र दृश्यालय सिनेमा प्रालिको संयुक्त प्रस्तुतिमा बन्न लागेको यस श्रृंखलाको सम्झौतापत्रमा डिश मिडिया नेटवर्कका प्रबन्ध निर्देशक सुदीप आचार्य र लेखक÷निर्देशक किरण बिकले हस्ताक्षर गरेका छन् ।

‘हामी अलि फरक तरिकाको कथाहरु टिभीका दर्शकलाई दिन चाहन्थ्यौँ, त्यसैबेला किरण जी केहि फरक कथा छन् भन्दै आउनु भयो,’ प्रबन्ध निर्देशक सुदीप आचार्यले भने, ‘पटक पटकको छलफल र पहिलो एपिसोड हेरेपछि हामीले खोजे जस्तै फरक खालको कन्टेन्ट बन्ने भएपपछि डिशहोम दृश्यालय सिनेमासँग सहकार्य गर्न तयार भएको हो ।’

यो सिरिज देशका विभिन्न ठाउँमा छायाँङन हुने बताइएको छ । लेखक÷निर्देशक किरण बिकका अनुसार ‘समाजमा नभनिएका, लुकाइएका र भन्न पनि अफ्ठ्यारा लाग्ने लभ सेक्स एण्ड रिलेसनका हार्डकोर कथाहरु हामी दर्शकलाई देखाउनेछौँ , नेपाली टिभीका दर्शकहरुलाई यो श्रृंखलाले केहि भिन्न स्वाद दिने विश्वास लिएको छु ।’

यस सिरिजमा युबिना भट्टराई, सहारा कोइराला, राजकुमार दर्जी, प्रेम अधिकारी जेनिथ, नुतन, अस्मिता खनाल लगायतको अभिनय रहनेछ भने गोपाल आचार्य सह–निर्देशनमा छन् । साथै स्क्रिनप्ले सावित्री रसाइली र समानता गौतमको हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *