जावा मोटरसाइकलको डिलर जनकपुरमा

काठमाडौँ । नेपालका लागि क्लासिक लिजेन्ड्सको एकमात्र अधिकृत वितरक, अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रालिले थापाचोक, जनकपुर​मा आफ्नो नयाँ डिलर भाष्कर एन्ड भाष्कर इन्टरप्राइजेज प्रालिको स्थापना गरेको छ ।
जावा मोटरसाइकलको विशिष्ट शोरूमको रुपमा उक्त शोरुमले सेवा दिने कम्नीले जनाएको छ।

बिर्तामोड, धरान, इटहरी, विराटनगर, लहान, वीरगंज, नारायणघाट, पोखरा, बाग्लुङ्ग, बुटवल, भैरहवा, नेपालगञ्ज, सुर्खेत, दाङ्ग र धनगढीका विभिन्न शाखा र डिलरहरू भएका स्थानहरूमा सुलभ रूपमा जावा मोटरसाइकलहरू उपलब्ध गराइसकेपछि जनकपुर​मा नयाँ डिलर नियुक्तिसँगै पूर्ण सुसज्जित थ्री यश शोरूम स्थापना गरेको हो ।

भाष्कर एन्ड भाष्कर इन्टरप्राइजेज प्रालिका प्रबन्ध निर्देशक विनयमनि शर्माकी माता, माया देवी र मिस युनिभर्स नेपाल २०२१ तथा जावा मिस फियर्स सुजिता बस्नेतले संयुक्त रुपमा उक्त सोरुम उद्घाटन गरेका हुन् ।

उद्घाटनका क्रममा अग्नि मोटोइंक प्रालिका सेल्स हेड प्रत्युष श्रेष्ठले भने– ‘जावा मोटरसाइकल शहर बजारमा मात्र नभ​ई हाइवेको यात्राका लागि पनि निकै आरामदायी र उपयुक्त छ । मोटरसाइकल पारखीले आफ्नो व्यक्तित्व अनुसार आफूलाई सुहाउँदो र मनपर्ने मोडलका जावा मोटरसाइकल सहजै पाउन सक्नुहुनेछ । अरुभन्दा फरक हुन चाहने, भीडमा आफ्नो छुट्टै पहिचान बनाउन खोज्ने र उच्चस्तरीय, आधुनिक टेक्नोलोजीको रेट्रो क्लास्सिक मोटरसाइकल चढ्न चाहने सबैका लागि भनेजस्तै बाइक जावा नै हो । देशका विभिन्न स्थानहरुमा राम्रो प्रतिक्रिया पाइरहेको जावा मोटरसाइकलले जनकपुरका युवा तथा मोटरसाइकल प्रेमीहरुका बीच पनि सफलता हात पार्नेछ भन्नेमा हामी विश्वस्त छौँ ।’

भाष्कर एन्ड भाष्कर इन्टरप्राइजेज प्रालिका प्रबन्ध निर्देशक विनय मनि शर्माका अनुसार, ‘सांस्कृतिक तथा पर्यटकीय स्थल भनेर कहलिएको हाम्रो थातथलो, जनकपुरमा क्लासिक लिजेन्ड्सको जावा मोटरसाइकल ल्याउन पाउनु हाम्रा लागि निकै गौरवको कुरा हो ।’

मिस युनिभर्स नेपाल २०२१ तथा जावा मिस फियर्स, सुजिता बस्नेतले ‘जावाले सधैं मलाई आकर्षक डिजाईन र कार्यकुशलताले मोहित बनाएको छ ।’

मोटरसाइकल प्रेमीहरूले अब जावा, जावा फोर्टी–टु र फ्याक्ट्रीमा निर्मित बबर पेराक मोडलहरू समावेश भएका विभिन्न मोडलका जावा मोटरसाइकलहरू बुक गर्न र थापाचोक, जनकपुर आसपासका क्षेत्रमा टेस्ट राईडको सुविधा प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *