स्कोडाको नयाँ सोरुम पोखरामा

पोखरा । स्कोडा नेपालले पोखराको नयाँ बजारमा सुविधासम्पन्न सोरुम सञ्चालनमा ल्याएको छ । युरोपियन लिडिङ ब्राण्ड स्कोडाको आधिकारिक बिक्रेता एमएडब्लू इन्टरप्राइजेजले हालै पोखरामा स्कोडा कार र एसयूभीको बिक्रीवितरणका लागि एसएसएल मोटर्सलाई डिलर नियुक्त गरेको हो ।

एमएडब्लुले सन् २००८ देखि स्कोडा कारलाई नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ । कम्फोर्ट र सुरक्षाका लागि स्कोडा कार नेपालमा चर्चित छन् ।

देशभर स्कोडा कारको उपलब्धतता सहज बनाउन डिलर डेभलपमेन्टलाई प्राथमिकतामा राखेर काम गर्दै आएको छ । यसैअनुरुप एमएडब्लुले पोखरामा युरोपियन मापदण्डको नयाँ सोरुम स्थापना गरेको हो ।

सोमबार एक कार्यक्रमबीच प्रमुख अतिथि नाडा अटोमोबाइल एसोसिएसनका अध्यक्ष ध्रुव थापा र स्कोडा नेपालका कार्यकारी निर्देशक रौनक अग्रवालले शोरुम र वर्कसपको संयुक्त रुपमा उद्घाटन गरे ।

कार्यक्रममा बोल्दै कार्यकरी निर्देशक अग्रवालले देशभर डिलर विस्तार गर्ने क्रममा पोखरामा पनि सुविधासम्पन्न शोरुम र वर्कसप स्थापना भएको बताए । ‘हामी निरन्तर आफ्नो डिलर नेटवर्क स्थापना गरी देशभर सहज एवं सुलभ रुपमा आफ्ना ग्राहकलाई युरोपियन कारको सहज पहुँच पुर्याउन प्रतिबद्ध छौँ,’ उनले भने ।

नेपालमा स्कोडा गाडीप्रति ग्राहकको आकर्षण बढेको बताउँदै अग्रवालले आगामी दिनमा यसको लोकप्रिय अझै बढ्ने विश्वास व्यक्त गरे । ग्राहकमुखी सेवाप्रति प्रतिबद्ध रहँदै कम्पनीले बिक्री पछिको सेवालाई प्राथमिकतामा राखेको जनाएको छ ।

पोखरामा सोरुम उद्घाटनका अवसरमा फागुन २४ र २५ गते विशेष टेस्ट ड्राइभ कार्यक्रमको आयोजना गरेको एसएसएल मोटर्सका प्रबन्ध निर्देशक सूर्य बरालले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *