कोभिड प्रभावितलाई कृषि क्षेत्र उत्थान परियोजना

कर्णाली । सुर्खेतका पाँच स्थानीय तहमा कोभिड प्रभावित कृषि क्षेत्रको उत्थान परियोजना लागू भएको छ । कोभिड– १९ को दोस्रो लहरबाट प्रभावित कृषि क्षेत्रको उत्थान, वित्तीय उत्पादन र सेवा विस्तार गर्ने उद्देश्यले परियोजना लागू गरिएको हो ।

परियोजना सुर्खेतका वीरेन्द्रनगर, भेरीगङ्गा, गुर्भाकोट, लेकवेँशी नगरपालिका र बराहताल गाउँपालिकामा लागू हुनेछ । परियोजनाका जिल्ला कार्यक्रम अधिकृत ललितबहादुर सारुले विभिन्न एग्रोभेट, मेसेनरी सर्भिस प्रोपाइटरसँग, वित्तीय संस्था समन्वय र सहकार्य गरेर काम गरिने जानकारी दिए ।

उनका अनुसार परियोजनाले कृषिसम्बन्धी सामग्री किसानसम्म पु-याउने, उत्पादनको बजारीकरण, डिजिटल बैंकिङ, कृषिऔजारको क्षेत्रमा काम गर्नेछ । परियोजनाले साना तथा मध्यमवर्गका व्यवसायको वित्तीय पहुँच बढाइ उत्थान तथा पुनःस्थापना सुनिश्चित गर्ने, वित्तीय उत्पादनका लागि विशेष व्यापार मोडेल तयार गर्ने, कृषि उत्पादन, विवरण, बिक्रीमा संलग्न व्यवसायीलाई सहयोग तथा वित्तीय सहायता प्रदान गर्न वित्तीय संस्थासँग सम्झौता गर्ने मुख्य क्षेत्र रहेको जनाएको छ ।

युएसएआईडीको सहयोगमा सञ्चालित यस परियोजनाबाट दुई हजार ५५० बढी किसानले मुल्य शुङ्खलाका आधारमा लाभ पाउने बताइएको छ । परियोजना २०२३ जुनसम्म सञ्चालन हुनेछ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =