थप ८८ जनामा काेराेना संक्रमण, १ काे मृत्यु
२०७८ फागुन २३ गते

काठमाडाैँ । नेपालमा थप ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको ६ हजार १ सय ४५ पिसिआर परिक्षणका क्रममा ६६ जना र २ हजार ४ सय ९३ एन्टीजेन परिक्षणका क्रममा २२ जना कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ४८ जना निको भएका छन् । त्यस्तै थप ३ सय ७६ जना निको हुँदा हालसम्म नेपालमा ९ लाख ५९ हजार ४ सय ६९ जना निको भएका छन् ।
हाल नेपालमा ६ हजार १ सय ५० सक्रिय संक्रमित आइसाेलेशन र १०८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।
२०७८ फागुन २३ गते
प्रतिक्रिया
सम्बन्धित








