नेबिकोले एकैदिन ल्यायो ४ नयाँ उत्पादन, यसै वर्ष दर्जन उत्पादन थप्ने

काठमाडौँ । नेबिको(नेपाल विस्कुट कम्पनी)ले बजारमा ४ वटा नयाँ उत्पादन बजारमा ल्याएको छ । कम्पनीले थप दुई नयाँ उत्पादन केही समयमा ल्याउने जानकारी दिएको छ ।

काठमाडौँमा सोमबार एक कार्यक्रमको आयोजना गरी कम्पनीले ४ नयाँ उत्पादन सार्वजनिक गरेको हो । सार्वजनिक गरिएका उत्पादनहरुमा कम्पनीले कुरुम कुरुम चिउरा, डी–५० डाइजेस्टिभ बिस्कुट, सल्टेड पिनट र नाइस मिल्क बिस्कुट सार्वजनिक गरेको छ ।

कम्पनीका अनुसार कुरुम कुरुम चिउराको प्रतिप्याकेट ९५, डी–५० डाइजेस्टिभ बिस्कुटको मूल्य ५० रुपैयाँ, सल्टेड पिनटको मूल्य २० रूपैयाँ र नाइस मिल्कको ५० रूपैयाँ रहेको छ ।

कम्पनीले केही समयमै नयाँ बिस्कुट समेत उत्पादन गर्ने छ । यो वर्षभित्र एक दर्जन उत्पादन थप गर्ने तयारीमा रहेको र अष्ट्रेलियाको सिड्नीमा निर्यात गर्ने तयारी रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *