सेयर बजार स्थिर, कारोबार रकम घट्यो
२०७८ फागुन २३ गते

काठमाडौँ । साताको दोस्रो कारोबार दिन सेयर बजार स्थिर देखिएको छ ।
यस दिन सेयर बजार परिसूचक (नेप्से) १.५५ अंकले घटेर २५४४.९४ बिन्दुमा आइपुगेको छ । यस दिन २ अर्ब ६० करोड ९ लाख ३० हजार रुपैयाँमा ५३ लाख १५ हजार २ सय ९२ कित्ता सेयर कारोबार भयो ।
अघिल्लाे दिन पनि बजार ३ अंकले घटेकाे थियाे भने काराेबार रकम जम्मा साढे २ अर्बमा सीमित भएकाे थियाे ।
यस दिन अाइतबार पनि ६६ कम्पनीको सेयर मूल्य बढेको छ भने ११८ कम्पनीको सेयर मूल्य घटेको छ । ८ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएको छैन ।
समग्र परिसूचक भने करिब स्थिर जस्तै देखिएको छ ।
यस दिन बुद्धभूमि नेपाल हाइड्रोपावर, बोटलर्स नेपाल, सामुदायिक लघुवित्त जस्ता कम्पनीको सेयर मूल्य बढेको छ । पाँचथर पावर कम्पनी, पञ्चकन्या माई हाइड्रोलगायत कम्पनीको सेयरमूल्य घटेको छ ।
२०७८ फागुन २३ गते
प्रतिक्रिया
सम्बन्धित









