सुरु भयो नेपाल एयरलाइन्सको काठमाडौँ–रियाद उडान

काठमाडाैँ । लामो समयको अथक प्रयास पछि काठमाडौँरियाद उडान को नेपाल वायुसेवा निगमले अनुमति पाएको छ । अब काठमाडौँ साउदी अरेबियाको सिधा उडानबाट धेरै नेपाली लाभान्वित हुने भएका छन् ।

निगमलाई साउदी अरेवियाको जेनेरल अथरिटी अफ सिभिल एभिएसन (जीएसीए) फागुन २२ गतेबाट साउदी अरेवियाको रियादस्थित कार्यालयबाट औपचारिक रुपमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको उपस्थितिमा निगमलाई उडान अनुमति प्राप्त भएको हो । यस उडान अनुमति अनुसार नेपाल वायुसेवा निगमले साउदी अरेबियाको रियाद, दमाम तथा जेद्दामा उडान गर्न पाउनेछ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय प्रेम बहादुर आलेको विशेष निर्देशन र कार्यकारी अध्यक्ष युवराज अधिकारीको पहलमा यो उडान अनुमति प्राप्त भएको निगमले प्रेश विज्ञप्ति मार्फत जनाएको छ ।

निगमले अप्रिल २०२२ बाट नै व्यावसायिक योजना अनुरुप काठमाडौँ–रियाद–काठमाडौँ सेक्टरमा साताको तीन बटा नियमित उडान शुरु गर्ने बताइएको छ। निगमको अथक प्रयासपछि भएको यस कार्यबाट धेरै लाभ पुग्ने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 9 =