स्पेनिस ला लिगा

बार्सिलोना र एट्लेटिको विजयी

काठमाडाैँ । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना पुनरागमन जित निकाल्दै तेस्रो स्थानमा उक्लिएको छ । आइतबार राति भएका खेलमा इल्चेमाथि २-१ को जित निकाल्दै बार्सिलोना जारी सिजन पहिलो पटक तेस्रो स्थानमा पुग्दा आइतबारनै भएको अर्को खेलमा एट्लेटिकोले पनि रियल बेटीसलाई ३-१ ले पराजित गर्दै बार्सिलोना समान ४८ अंक बनाएर चौथो स्थानमा रहेको छ।

जारी सिजनको १३ औ जित निकाल्ने क्रममा बार्सिलोनाले इल्चेमाथि सुरुवातबाटै दबाबमा राखेको थियो। पछिल्लो समय समालिएर प्रदर्शन गरिरहेको बार्सिलोनाले १-० ले पछि परेको अवस्थालाई उल्टाउँदै नतिजा आफ्नो पक्षमा पारेको थियो। बार्सिलोना विरुद्ध इल्चेका चाभेस डि ला टोरेले ४४ औ मिनेटमा पहिलो गोल गर्दै टीमलाई अग्रता दिलाए।

तर ६६ औं मिनेटमा बार्सिलोनाका सब्सटिच्युट फेररान टोरेसले गोल गर्दै खेल बराबरीमा ल्याए। टिमका लागि निर्णायक गोल भने मेम्फिस डिपेले पेनाल्टीमार्फत ८८ औ मिनेटमा गरेका थिए। एन्टोनियो बरगानले ह्यान्ड गरेपछि पाएको पेनाल्टीलाई औबामेयाङले डेम्पेलाई अवसर दिएका थिए।

तेस्रो स्थानमा उक्लिएको बार्सिलोनाको २६ खेलबाट ४८ अंक भएको छ।एक खेल बढी खेलेको एट्लेटिकोको पनि ४८ अंक भएपनि गोल अन्तरमा पछि रहँदै चौथो स्थानमा छ। दोस्रो स्थानको सेभिल्लाको ५५ अंक छ भने शीर्ष स्थानको रियल म्याड्रिडको ६३ अंक रहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 11 =