नेपाल एयरलाइन्सलाई साउदी अरेबिया उडान अनुमति

काठमाडौँ। नेपाल वायुसेवा निगमले साउदी अरेबियामा उडान गर्ने अनुमति पाएको छ ।

साउदी अरेबियाको नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्सलाई आइतबार उडान अनुमति दिएको निगमकी प्रवक्ता अर्चना खड्का विज्ञप्तिमार्फत जानकारी दिएकी छन् ।

‘साउदी अरेबियाको रियादस्थित कार्यालयबाट औपचारिक रुपमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको उपस्थितिमा निगमलाई उडान अनुमति प्राप्त भएको छ,’ प्रवक्ता खड्काद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । उडान अनुमति अनुसार नेपाल वायुसेवा निगमले साउदी अरेबियाको रियाद, दमाम तथा जेद्दामा उडान गर्न पाउने छ ।

निगमले अप्रिल २०२२ देखि नै व्यवसायिक योजना अनुरुप काठमाडौँ–रियाद–काठमाडौँ सेक्टरमा साताको ३ वटा नियमित उडान सुरु गर्ने समेत जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 19 =