एनसीसी बैंकका ग्राहकले र नारायणी सामुदयिक अस्पतालमा छुट पाउने

काठमाडौँ । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकका ग्राहक तथा कर्मचारीले चितवनको भरतपुरस्थित नारायणी सामुदायिक अस्पतालबाट थप सेवासुविधा पाउने भएका छन् ।

उक्त अस्पतालमा एनसीसी बैंकका भिसा कार्ड, मोबाइल बैंकिङ जस्ता सेवा प्रयोग गर्ने ग्राहक र र बैंकका कर्मचारीले थप सुविधा पाउने भएका हुन् ।

बैंक र अस्पतालबीच यससम्बबन्धी सम्झौता भएको हो ।

सम्झौता अनुसार बैंकको डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग मार्फत भुक्तानी गर्दा ओपीडी र अन्य सेवाहरु (औषधि, सीटी स्क्यान र प्रत्यारोपण बिक्रीबाहेक) मा १० प्रतिशत छुट प्राप्त हुनेछ ।

देशैभर शाखा सञ्जाल रहेको एनसीसी बैंकले ७ वटै प्रदेश गरी १३७ शाखा, १३ एक्स्टेन्सन काउन्टर र ११४ एटिएम मार्फत ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ । एनसीसी बैंक २५ वर्ष देखि आम नागरिकका माझ विश्वासिलो बैकिङ्ग सेवा प्रवाह गर्नुका साथै सामाजिक कार्यहरुमा पनि सक्रीय रुपमा सहभागी हुँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *