२५ विद्युत् कम्पनीलाई आईपीओ अनुमति दिन इप्पानकाे माग

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)ले २५ ओटा जलविद्युत् कम्पनीलाई आईपीओ निष्कासन गर्ने अनुमति दिन माग गरेको छ ।

सेबोनका नवनियुक्त अध्यक्ष रमेशकुमार हमाललाई भेटेर इप्पानले यस्तो माग गरेको हो । २५ ओट जलविद्युत् कम्पनीहरु आईपीओको अनुमतिका लागि पाइपलाइनमा रहेको भन्दै चाँडो अनुमति दिन उनीहरुले अध्यक्ष हमालाई आग्रह गरेका हुन् ।

इप्पानका सदस्य उत्तम ब्लोन लामा र प्रकाश दुलाललगायतका ऊर्जा उत्पादकहरुको टोलीले अध्यक्ष हमाललाई भेटेर यस्तो आग्रह गरेको हो ।

जलविद्युत् कम्पनीको आइपीओबारे सेबोनले निर्णय नदिँदा निर्माणाधिन जलद्यिुत् कम्पनीलाई लगानीको अभाव भएको र काम गर्न समस्या भएको इप्पानले जनाएको छ ।

आयोजनाहरुको काम यसरी प्रभाबित हुँदा लागत बढ्न गई अन्ततः आयोजनाहरु नै सम्पन्न गर्न नसकिने समस्या तथा चुनौती थपिदै जाने संकेत देखिन थालेको सेबोनलाई इप्पानले दिएको निवेदनमा उल्लेख गरिएको छ ।

त्यस्तै आयोजना समयमै सम्पन्न हुन नसक्दा देशलाई १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने राष्ट्रिय लक्ष्यमा समेत गम्भीर धक्का लाग्ने, राज्य र लगानीकर्ताको अर्बौँ रुपैयाँ नोक्सान हुने आयोजनाले जनाएको छ ।

यसबाट बैंक तथा वित्तीय संस्थाहरु पनि गम्भीररुपले प्रभाबित इप्पानले उल्लेख गरेको छ । सो अबसरमा उर्जा उद्यमी श्री गुरुप्रसाद न्यौपानेसहितले आइपीओ रोकिदा आयोजनाहरुलाई परेको समस्या र सेबनसँगको अपेक्षाका बारेमा आ–आफ्नो भनाइ राखेका थिए ।

सेबोनका अध्यक्ष हमालले सेबन र पुँजी बजारको सुधारका लागि आफ्नो कार्यकाल कार्यक्षमता पूर्णरूपमा प्रयोग गर्ने बताउँदै जलबिद्युत क्षेत्रको ईपीओको समस्या तत्काल समाधान गर्ने पनि प्रतिबद्धता जनाए । पुँजीबजारको विकास, विस्तार र विस्वानीयताका लागि जलविद्युत क्षेत्रको साथ र सहयोग आवश्यक हुने भन्दै उनले यो क्षेत्रको निरन्तर सहयोग आग्रहसमेत गरे ।

सो अबसरमा ईप्पानले नेपाली पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको अध्यक्ष जस्तो गरिमामय पदमा नियुक्त भइकाृमो उनलाई बधाई ज्ञापन समेत गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =