नेप्से ३ अंकले घट्यो, कारोबार साढे २ अर्बमा सीमित

काठमाडौँ । साताको पहिलो दिन आइतबार सेयर बजारमा झिनो गिरावट आएको छ । यस दिन सेयर बजार परिसूचक(नेप्से) ३.६६ अंकले घटेर २५४३.३९ बिन्दुमा ओर्लिएको छ । तर, सेन्सेटिभ इन्डेक्स भने १.३१ अंकले बढेर ४९०.१३ बिन्दुमा पुगेको छ ।

यस दिन २ अर्ब ४९ करोड ३२ लाख ४१ हजार २ सय ७३ रुपैयाँमा ५१ लख ३९ हजार २ सय ३९ कित्ता सेयर किनबेच भएको छ ।

बैंकिङ, होटल, विकास बैंक र अन्यबाहेकका बाँकी समूहगत सूचक ओरालो लागेका छन् । यस दिन १०१ कम्पनीका सेयर मूल्य घटेका छन् । ७८ कम्पनीको सेयरमूल्य बढेको छ । १३ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ।

सबैभन्दा बढी मैलुङखोला जलविद्युत् कम्पनीको सेयर मूल्य बढेको ७.८० प्रतिशतले बढेको छ । त्यस्तै, सामलिङ पावर, नेपाल ल्युब आयल, न्यादी जस्ता कम्पनीको सेयरमूल्य बढेको छ ।

शिवम् सिमेन्ट, रिलायन्स लाइफ, प्रुडेन्सियल इन्स्योरेन्स, युनिर्भल पावरलगायत कम्पनीको सेयर मूल्य सबैभन्दा बढी प्रतिशतले घटेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *