इंग्लिस प्रिमियर लिग: सिटीसँगको अंक दुरी घटाउँदै लिभरपुल

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले वेस्टह्यामलाई १-० ले पराजित गर्दै उपाधि दाबेदारी कायमै राखेको छ । वेस्टह्यामलाई पराजित गरेसँगै लिभरपुलले म्यानचेस्टर सिटीसँगको अंक दुरी पुन: ३ अंकमा झार्न सफल भएको छ ।

प्रतियोगिताको २७ औँ खेलको समाप्तीमा म्यानचेस्टर सिटी ६६ अंक बनाएर शिर्ष स्थानमा कायम रहँदा लिभरपुल समान खेलबाट ६३ अंक सहित दाबेदारी पेश गरिरहेको छ। तेस्रो स्थानको चेल्सीको ५३ अंक छ भने  म्यानचेस्टर युनाईटेड ४७ अंकका साथ चौंथो स्थानमा छ । म्यान यूलाई वेस्टह्याम र आर्सनलले ४५ अंकका साथ पछ्याइरहेका छन् ।

अधिकांश समय खेल नियन्त्रणमा लिएपनि लिभरपुलले १ गोल मात्र गर्न सक्यो । लिभरपुलका साडियो मानेले २७ औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो ।

चेल्सीको चार गोल

अर्को खेलमा चेल्सीले बर्नलीमाथी ४-० को एकपक्षीय जित निकाल्यो। पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा चेल्सीले दोस्रो हाफमा चार गोल गरेको थियो ।

चेल्सीका जेम्सले ४७ औँ मिनेटमा पहिलो गोल गर्दै टीमलाई अग्रता दिलाए । लगत्तै काई हाभर्टजले ५२ औँ र ५५ औँ मिनेटमा गोल गर्दै टीमलाई ३-० को अवस्थामा पुर्‍याए । चौंथो गोल क्रिस्टिययन पुलिसिकले ६९ औ मिनेटमा गरेका थिए ।

प्रतियोगितामा एस्टन भिल्लाले साउथहेम्टनलाई ४-० ले, न्युक्यासलले ब्राइटनलाई २-१ ब्रेन्टफोर्डले नर्विचलाई ३-१ ले र क्रिस्टल प्यालेसले वल्भ्सलाई २-० ले पाखा लगायो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *