मुलरको आत्मघाती गोलमा वार्यनको बराबरी

काठमाडौँ । जर्मन बुन्डेस लिगा फुटबलमा शिर्ष स्थानको बार्यन म्युनिख स्ट्राइकर थोमस मुलरको आत्मघाती गोलका कारण बराबरीमा रोकिएको छ । शनिबार राती भएको खेलमा बायर लेभरकुशेनसँग एक गोलको अग्रता बनाएपनि आत्मघाती गोलका कारण वार्यन अंक बाँड्न बाध्य भयो ।

वार्यनको घरेलु मैदानमा भएको खेलको १८ औं मिनेटमा निकलास सुलेको गोलमार्फत वार्यनले अग्रता लिएको थियो । ३६ औँ मिनेटमा मुलरले आत्मघाती गोल गरेपछि खेल बराबरीमा पुग्यो । मुलरले केरेम डेमिरबेको फ्रि किक क्लियर गर्न खोज्दा आफ्नै पोस्टमा गोल हुन पुगेको थियो ।

बराबरीपछि पनि शिर्ष स्थानको बार्यनले ९ अंकको अग्रता बनाएको छ। दोस्रो स्थानको डर्टमुन्डको २४ खेलबाट ५० अंक छ। बायर लेभरकुशेन २५ खेलबाट ४५ अंकका साथ तेस्रो स्थानमा रहँदा आरबी लेइपजिङ ४१ अंकका साथ चौंथो स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *