पीएसजीलाई हराउँदै नाइस दोस्रो स्थानमा उक्लियो

काठमाडौँ । फ्रेन्च लिग वानमा शिर्ष स्थानको क्लव पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई पराजित गर्दै नाइस क्लब अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । शनिबार राती भएको खेलको अन्त्यतिर नाइसले गरेको एकमात्र गोल निर्णायक हुँदा पिएसजी जारी सिजनमा तेस्रो हार भोग्न बाध्य भयो।

८८ औँ मिनेटमा एन्डी डेलोर्टले गोल गर्दै नाइसका लागि तीन अंक निश्चित गरेका थिए । जितपछि नाइस मार्सेलीलाई पछि पार्दै दोस्रो स्थानमा उक्लियो।

नाइस अझै शिर्ष स्थानको पिएसजी भन्दा १३ अंकले पछि छ। नाइस विरुद्धको खेलमा पकड बनाएपनि अपेक्षित सट प्रहार गर्न पीएसजी असफल भएको थियो । हारपछि पनि लिग अंक तालिकामा पीएसजी २७ खेलबाट ६२ अंकका साथ शिर्ष स्थानमा रहन सफल भयो ।

त्यस्तै नाइस समान खेलबाट ४९ अंकका साथ दोस्रो स्थानमा उक्लिंदा एक खेल कम खेलेको मार्सेली ४७ अंकका साथ तेस्रो स्थानमा छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 17 =