‘साताका सात’ तस्बिर

गाँजा तान्दै साधु
महाशिवरात्रिमा बर्सेनि सयौँ साधु पशुपतिनाथको दर्शन गर्न आउँछन् । उनीहरू गाँजा तान्दै धुनी तापिरहेका भेटिन्छन् । यस पटकको शिवरात्रिमा भेटिएका एक साधु ।

गन्तव्य तर्फ
फागुन १५ गते संसद्‌मा अनुमोदनको लागी एमसीसी पेस हुँदै गर्दा बानेश्वर क्षेत्रमा त्यसविरुद्ध प्रदर्शन भएको थियो । प्रदर्शनमा प्रदर्शनकारीलाई अगाडी बढ्नबाट रोक्न प्रहरीले सडकमा राखेको ‘ब्यारिकेड’ अगाडीबाट आफ्नो गन्तव्यतर्फ जाँदै सर्वसाधारण ।

सुरक्षा
एमसीसी अनुमोदन भएको विरोधमा ठाउँठाउँमा शङ्कास्पद बस्तु राखेर नागरिकलाई आतङ्कित पार्ने क्रम चलेको छ । नयाँ बानेश्वर स्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र अघिको सडकमा बम जस्तै देखिने शङ्कास्पद बस्तु फेला परेपछि त्यस स्थानमा सुरक्षा दिँदै नेपाल प्रहरीको ‘स्पेसल टास्क फोर्स’ का अधिकृत । नेपाली सेनाले उक्त बस्तु डिस्पोज गरेको थियो ।

मोबाइल क्रेज
एमसीसीविरुद्ध नयाँ बानेश्वरमा प्रदर्शन भइरहँदा लेनबीचको बिरुवाको हाँगामा बसेर मोबाइलबाट प्रदर्शनको दृश्य खिच्दै सर्वसाधारण

कुकुरको सान
सैनिक मञ्च टुँडिखेलमा सेनाले सैनिक दिवस मनाइरहँदा बिचबाट हिँड्दै गरेको कुकुर । अघिपछि त्यही खेल्ने र बस्ने गरेका यस्ता कुकुर सैनिक मञ्चमा कार्यक्रम हुँदा पनि त्यहीँ भेटिन्छन् ।

शिवरात्रिको तयारी
शिवरात्रिको टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारण गर्न पाशुपत क्षेत्रमा जुटेका सञ्चारकर्मी ।

विश्वकै ठूलो स्तूपमा रहेको ठूलो धुपदानीविश्व सम्पदा सूचिमा सूचीकृत विश्वकै ठूलो स्तूप बौद्ध परिसरमा रहेको ठूलो धुपदानी ।

प्रतिक्रिया

One thought on “‘साताका सात’ तस्बिर

Leave a Reply

Your email address will not be published. Required fields are marked *