परमाणु ऊर्जा केन्द्रको आगो निभाइयो : युक्रेन
२०७८ फागुन २० गते

काठमाडौँ । युक्रेनको आपत्कालीन सेवाले जापोरिज्या परमाणु ऊर्जा केन्द्रमा लागेको आगो निभाइएको जनाएको छ । सामाजिक सञ्जालमा लेख्दै स्टेट इमर्जन्सी सर्भिसले बिहान ६ः२० बजे जापोरिज्या परमाणु ऊर्जा केन्द्रको तालिम भवनमा लागेको आगो निभाइएको जानकारी दिएको हो ।
उसका अनुसार उक्त आगलागीमा कोही पनि परेको छैन । रुसी आक्रमणका कारण युरोपको सबैभन्दा ठूलो उक्त परमाणु ऊर्जा केन्द्रमा आगलागी भएको थियो । –बीबीसी
२०७८ फागुन २० गते
प्रतिक्रिया
सम्बन्धित








