दिल्लीलाई हराउँदै मनाङ मर्स्याङदी सेमिफाइनलमा

धनगढी । मनाङ मर्स्याङ्दी क्लब बिहीबारबाट सुरु भएको पाँचौ मूख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । मनाङले भारतको दिल्ली फुटबल क्लबलाई २-१ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो ।

धनगढी रंगशालामा भएको उद्घघाटन खेलमा एक गोलले पछि परेको अवस्था उल्टाउँदै मनाङले अन्तिम चारमा स्थान बनायो । पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा दोस्रो हाफमा मनाङ १-०ले पछि परेको थियो ।

खेलको ७१ औं मिनेटमा कृष्णको गोल मार्फत दिल्लीले सुरुवाती अग्रता लिएको थियो। तर त्यसपछि मनाङले नाटकीय पुनरागमन सम्भव बनायो। ८२ औं मिनेटमा कप्तान अन्जन विष्टले गोल गर्दै मनाङलाई १-१ गोलको बराबरीमा ल्याए। टीमका लागि विजयी गोल ८५ औं मिनेटमा विमल घर्ती मगरले गरे ।

प्रतियोगिताको विजेताले २१ लाख नगद पुरस्कार तथा उपविजेतालाई १० लाख नगद रहेको प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले मोटरसाईकल पाउने छ । यस्तै उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकसहित उदयमान खेलाडी र फेयर प्ले टिमले २५-२५ हजार प्राप्त गर्नेछन्।

प्रतियोगितामा शुक्रबार बागमती युथ क्लब र न्युरोड टिम एनआरटी खेल्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *