युक्रेनको बन्दरगाह शहर खेअरसन रुसी फौजको नियन्त्रणमा

काठमाडाैँ । युक्रेनको बन्दरगाह शहर खेअरसनका मेयरले उक्त दक्षिणी शहर रुसी फौजको नियन्त्रणमा गएको बताएका छन् । अतिक्रमणयता रुसी फौजको नियन्त्रणमा गएको यो पहिलो महत्त्वपूर्ण शहर हो ।

मेयर इगोर कोलीखाएभले उक्त शहरको सभागृहमा अहिले सशस्त्र आगन्तुकहरू रहेको एउटा फेसबुक पोस्टमा लेखेका छन् । उनले भनेका छन्, ‘मैले ती फौजहरूलाई भनेँ कि यो नगरमा अहिले युक्रेनी सशस्त्र बलको उपस्थिति छैन, केवल सर्वसाधारण र बाँच्न चाहने मानिस छौँ ।’

मस्कोका फौजले स्थानीय समयानुसार राति ८ बजेदेखि बिहान ६ बजेसम्म निषेधाज्ञा जारी गरेको र खानेकुरा औषधि एवं अन्य आपूर्तिका सामान बोकेका कारहरूलाई मात्रै आउजाउ गर्न दिइने भनेको मेयरले लेखेका छन् । उनले बताएअनुसार सडकमा कारहरू धीमा गतिमा गुडाउन भनिएको छ भने दुई जनाभन्दा बढीको समूहमा नहिँड्न पैदलयात्रीहरूलाई निर्देशन दिइएको छ ।

यसअघि मात्रै अमेरिकी रक्षा मन्त्रालयका अधिकारीहरूले खेअरसन निकै चुनौती दिइएको शहर भएको बताएका थिए । दक्षिणी बन्दरगाह शहर मारिऊपोलको कुरा गर्नु पर्दा घण्टौँ लामो गोलाबारीमा परी सयौँ मानिस मारिएको हुनसक्ने त्यहाँका डेपुटी मेयरले बताएका छन् । -बीबीसी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =