फोर्स गुर्खाको टेस्ट ड्राइभ क्याम्पियनमा उत्साहजनक सहभागिता

काठमाडौँ । केही समयअघि मूल्य सार्वजनिक गरी बुकिङ्ग खुल्ला गरेको फोर्स गुर्खा गाडीको टेस्ट ड्राईभ क्याम्पियन पोखरामा ग्राहकको उत्साहजनक सहभागिता देखिएको छ ।

नेपालमा हिमालय अर्गनाइजेशन अन्तर्गत फोर्स मोटर्सको आधिकारीक आयातकर्ता तथा बिक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रालि रहेको छ । कम्पनीले पोखरा चाउथेमा आफ्नै सोरुमवाट टेष्ट ड्राइभ क्याम्पियन सुरु गरेको थियो ।

क्यापियन सुरु गरेको पहिलो दिन बुधबार नै उत्साहजनक रुपमा २६ जना सहभागी भई टेस्ट ड्राईभ गरी यसका विशेषताको भरपुर आनन्द लिएको कम्पनीले जनाएको छ ।

टेष्ट ड्राइभ क्याम्पियनमा उत्साहजनक सहभागी ग्राहकको फोर्स गुर्खाप्रतिको आकर्षण बहिररहेको कम्पनीले जनाएको छ ।

इच्छुक ग्राहकले २० फागुनसम्म पोखरामा टेष्ट ड्रइभ गरी गाडीमा रहेका विभिन्न फिचरको अनुभव गर्न पाउने कम्पनीले जनाएको छ । पोखरामा रहेको टेष्ट ड्रइभ क्याम्पियनपछि नेपालको काठमाडौँ, चितवन, झापा, इटहरीलगायत विभिन्न शहरमा टेष्ट ड्रइभ क्याम्पियन सञ्चालन गर्ने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *