सेयर बजार ६४ अंकले घट्याे, साढे ३ अर्बको कारोबार

काठमाडौँ । सेयर बजारमा बुधबार भारी गिरावट आएको छ । यस दिन सेयर बजार (नेप्से) परिसूचक ६३.९८ अंकले घटेर २५४६.६० अंकमा ओर्लिएको छ ।

सेन्सेटिभ परिसूचक समेत यस दिन ११.५२ अंकले घटेर ४८८.६९ बिन्दुमा ओर्लिएको छ ।

इस दिन ३ अर्ब ६२ करोड ११ लाख ४३ हजार ९ सय ७९ रुपैयाँमा ७६ लाख ५२ हजार २ सय ४ कित्ता सेयर कारोबार भएको छ ।

यस दिन १ सय ८८ कम्पनीको सेयरमूल्य घटेको छ । ३ ओटा कम्पनीको सेयर मूल्य उकालो लागेको छ।

यस दिन रिलान्यस इन्स्योरेन्स, सिभिल बैंकलगायत कम्पनीको मूल्य बढेको छ ।

सबै समूहको समूहगत सूचक यस दिन ओरालो लागेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *