नर्भिकले बाँझोपन र स्त्री रोगको निःशुल्क शिबिर गर्ने

परीक्षण र सर्जरीमा २० प्रतिशतसम्म छुट

काठमाडौँ । नर्भिक इन्टरनेशनल हस्पिटल अन्तर्गतको नर्भिक आइभिएफ सेन्टरले नारी दिवसका अवसर पारेर यही फागुन २१ गते शनिवार बृहत निःशुल्क स्वास्थ्य शिबिर गर्ने भएको छ ।

बरिष्ठ स्त्री रोग तथा बाँझोपन बिशेषज्ञ एवम् ल्याप्रोस्कोपिक सर्जन डा. नुतन शर्मासहितको टिमले आगामी शनिबार बिहान १० देखि ४ बजेसम्म बिरामीहरुको बाँझोपन तथा स्त्री रोगसम्बन्धमा निःशुल्क स्वास्थ्य परीक्षण तथा स्वास्थ्य परामर्श एवम् उपचार गर्ने अस्पतालले जनाएको छ ।

नेपाली समाजमा बाँझोपनको समस्या बिकराल बन्दै गइरहेका बेला गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचलाई अभिवृद्वि गर्ने उद्देश्यले एकदिने निःशुल्क स्वास्थ्य शिबिर गर्न लागिएको नर्भिक हस्पिटलका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले जानकारी दिए ।

शिविरमा निःशुल्क स्वास्थ्य परीक्षण र परामर्शका साथै टीभीएसमा २० प्रतिशत छुट तथा ल्याब परीक्षणमा १० प्रतिशत छुटको अफरसमेत ल्याइएको सीईओ मिश्राले बताए ।

शिविरमा सहभागी भएका बिरामीको परीक्षणमा शल्यक्रिया गर्नुपर्ने भए स्त्री रोगसम्बन्धी ल्याप्रोस्कोपिक सर्जरीमा बिरामीलाई अप्रेशन शुल्कको २० प्रतिशतसम्म छुट दिइने अस्पतालले जनाएको छ ।

नर्भिक अस्पतालको आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विशेष पर्व, उत्सव तथा दिनमा स्वास्थ्य जाच लगायतका सेवाहरुमा छुटको अफर यसअघिदेखि नै सार्वजनिक गर्दै आएको छ ।

यस्तै, नर्भिकले विगत लामो समयदेखि प्रत्येक शनिवार कुनै विशेषज्ञ चिकिसत्क नेतृत्वको टिमलाई परिचालन गरी निःशुल्क ओपीडी अभियान समेत सञ्चालन गर्दै आएको छ ।

निःशुल्क ओपीडी पछिल्लो समय सर्वसाधारणमा निकै लोकप्रिय रहेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *