एनसेलले बढायो डेटा प्याकको भोलुम

काठमाडौँ । एनसेल आजियाटा लिमिटेडले सुलभ दरमा डेटा सेवामा पहुँच सुनिश्चित बनाउँदै आफ्ना ग्राहककालागि नयाँ अल टाइम डेटा प्याक ल्याएको छ । यसका साथै नन्स्टप यूट्युब अफर अन्तर्गतको एक अल टाइम डेटा प्याकको भोलुम उही शुल्कमा दोब्बर प्रदान गरेको छ ।

कम्पनीका अनुसार नयाँ अल टाइम डेटा प्याकमा ७ दिनको समयसिमा रहेको ५ जीबी अल टाइम डेटा ग्राहकले करसहित १२५ रुपैयाँमा सुचारु गर्न सक्छन् । त्यस्तै नन्स्टप यूट्युब प्याक अन्तर्गत ग्राहकले करसहित १४७ रुपैयाँमा ७ दिनको समयसीमा रहेको ४ जीबी अल टाइम डेटा, भाइबर म्यासेजिङका लागि छुट्टै ५०० एमबी डेटा र यूट्युबमा ननस्टप पहुँच पाउँछन् । पहिला ग्राहकले यस यूट्युब प्याकमा यही मूल्यमा २ जीबी अल टाइम डेटा पाउँदै आएका थिए अब यो भोलुम बढेर ४ जीबी भएको छ ।

ग्राहकले एष्ट्रिक्स १७१२३ह्यास डायल गरी नयाँ ५ जीबी अल टाइम डेटा प्याक सुचारु गर्न सक्छन् । त्यस्तै ग्राहकले ननस्टप यूट्युबसँग बन्डल गरिएको ४ जीबी अल टाइम डेटा र ५०० एमबी भाइबर म्यासेजिङ् डेटा बण्डल पनि एष्ट्रिक्स १७१२३ ह्यास डायल गरी प्राप्त निर्देशन अनुसार सुचारु गर्न सक्छन् ।

ग्राहकले एनसेलको एप तथा वेबसाइट मार्फत पनि यी प्याक खरिद गर्न सक्छन् । यी प्याकहरु सुचारु भएको दिनबाट ७ दिनको लागि मान्य रहनेछ ।

डेटा प्याक अन्तर्गत नयाँ अल टाइम डेटा प्याक र ननस्टप युट्युब प्याकमा पुरानै मूल्यमा दोब्बर अल टाइम डेटासहित भाइबर म्यासेजिङका लागि छुट्टै डेटाले ग्राहकलाई थप मूल्य प्रदान गर्दै कुनै पनि समय सम्पर्कमा रही रहन मद्दत गर्ने एनसेलले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *