कामना सेवा विकास बैंकद्वारा महाशिवरात्रीमा पानी र जुस वितरण

काठमाडौँ । महाशिवरात्रीको अवसरमा कामना सेवा विकास बैंक लिमिटेडले पशुपतिमा मन्दिर परिसर र चावहिलमा भक्तजनलाई शुद्ध पिउने पानी तथा जुस वितरण गरेको छ ।

यसैगरी काठमाडौँ–३०, ज्ञानेश्वरस्थित आनन्द भैरव मन्दिरलगायत देशका विभिन्न स्थानमा समेत उक्त सेवा प्रदान गरिएको जनाएको छ ।

बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक वर्ष धार्मिक, सांस्कृतिक लगायत विभिन्न क्षेत्रमा यस खालका सामाजिक सेवा प्रदान गर्दैै आएको छ ।

बढ्दो गर्मी र भिडभाडमा सहज रुपमा शुद्ध पिउने पानी उपलब्ध हुन नसक्ने हुँदा भक्तजनलाई सहज रुपमा पानी तथा जुस उपलब्ध गराइएकाे बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *